फागुन २१ मा नै निर्वाचन हुनुपर्छ: पम्फा भुसाल

बागलुङ – नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता एवं पूर्व मन्त्री पम्फा भुसालले संविधानलाई सही ट्र्याकमा ल्याउन र व्यवस्थाको रक्षाका लागि निर्वाचनको हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, बागलुङले शनिवार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान र लोकतन्त्रको रक्षाका निर्वाचनको हुनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभयो । जेन्जी आन्दोलनपछि सरकार निर्माणका क्रममा संविधान केही मिचिएकाले त्यसलाई सच्चाउन पनि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकार आवश्यकताको सिद्धान्तका आधारमा बनेको धारणा राख्नुभयो ।  आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताउनुभयो । उहाँले आन्दोलनको माग अनुसार पार्टीमा पनि युवा सहभागितालाई बढाउने उल्लेख गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीलाई देशकै सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीका रूपमा स्थापित गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.