गोरखामा सुन्तला खेतीबाट मनग्य आम्दानी

 गोरखा –  सुन्तला खेतीमा प्रख्याति कमाएको गण्डकी गाउँपालिका–३ याङदीका किसान यतिखेर सुन्तला टिप्न व्यस्त छन् ।
गत वर्षको तुलनामा यस वर्ष याङदीमा सुन्तला राम्रो फलेको छ ।

किसानहरू यतिखेर उत्पादित सुन्तला टिपेर बजार पु¥याउन व्यस्त रहेको सुन्तला उत्पादक कृषक एक बहादुर थापाले बताउनुभयो । ‘पुरानो वगैँचा मासिँदै गयो, अहिले प्रविधिलाई पनि पछ्याएर नयाँ बिरुवा लगाएर सुन्तला खेती गरेका छौँ, नयाँ बिरुवाबाट सुन्तला उत्पादन राम्रो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘परम्परागत खेती गरेर १०÷१२ हजार बराबरको पनि आम्दानी हुने बारीमा अहिले सुन्तला लगाएर एउटै किसानले वर्षमा ४÷५ लाख कमाउनुभएको छ ।’ याङदी क्षेत्रमा एक सय भन्दा बढी सुन्तला किसान रहेको उहाँले बताउनुभयो ।

यस वर्ष मात्र झन्डै ५० लाख बराबरको सुन्तला यसै क्षेत्रबाट बिक्री हुने उहाँको भनाई छ ।

‘सुन्तला बिक्री गर्न बजारको समस्या छैन, ठेकेदारले बैना गरेर पहिलै राखेको सुन्तला अहिले टिपेर बजार पु¥याएका छन्,’ उहाँले भन्नुभयो । जीविकोपार्जनको माध्यमको रूपमा हुने सुन्तलालाई विस्तार गरी ब्यवसायीकता दिएको उहाँले बताउनुभयो । उत्पादित सुन्तलाले बजार भाउ पनि पाएको छ । यस वर्ष प्रति केजी ७० देखि एक सय २० रुपैयाँ सम्म सुन्तला बिक्री भइरहेको किसानहरूले बताए ।

गोरखा र पालुङ टार नगरपालिका, सहिद लखन,  गण्डकी, लगायतको क्षेत्रका किसानले व्यवसायीक सुन्तला खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन वढ्ने राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गोरखाकी प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो ।

सुन्तलाको बजार अहिले फिस्लिङ मा रहेको छ भने ठेकेदारले बगैँचामा आई लाने गरेको छ।गाउँ पालिका ले प्रति के जी ४ रूपैयाँ कृषक लाई अनुदान पनि दिएको कृषक थापा बताउनु हुन्छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.