पूर्व प्रशासक धनविक्रम सिंहको नियात्रा संग्रह लोकार्पण 

काठमाडौँ – मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आज काठमाडौँमा पूर्व प्रशासक धनविक्रम सिंहद्वारा नियात्रा सङ्ग्रहको लोकार्पण गर्नु भयो। लेखन कुन्ज घोष्ट राईटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गर्नु भएको यात्राहरूको वर्णन गर्नु भएको छ।

उहाँले नेपालका विभिन्न भागका साथै भारत, हङ्गकङ,पाकिस्तान, अमेरिका, अस्ट्रेलिया, अफ्रिकाको केनिया लगायतका भ्रमणको आफ्नो अनुभव उल्लेख गर्नु भएको छ।

बालककालमा शिक्षा आर्जन कालागि भारतको बिहार गएको अनुभवदेखि काठमाडौँमा पहिलो पटक आउँदाको अनुभव पनि उहाँले पुस्तकमा समेट्नु भएको छ। सरकारी जागिरको ३० वर्षको अनुभवको सिलसिलामा उहाँले नेपालका विभिन्न भागमा गर्नु भएको अनुभवका साथै लियोजो अफिसरको रूपमा सगरमाथाको आधार शिविरमा पुगेको अनुभव पनि उल्लेख गर्नु भएको छ।

लेखक सिंहले तीर्थाटनको सन्दर्भमा भारतका विभिन्न तीर्थहरूको भ्रमणबारे पनि पुस्तकमा समेट्नु भएको छ। स्वर्गीय तारानाथ शर्माले लेख्नु भएको बेलायततिर बरालिँदादेखि हालसम्मको अवधिमा नेपालमा नियात्रा प्रकाशन गर्ने क्रम बढिरहेको छ। हाल नियात्रा लेखकहरूको नियात्रा लेखन समाज नै गठन भैसकेको छ।

पुस्तक लोकार्पण समारोहमा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले ६ वर्ष अघि पूर्व प्रशासक धनविक्रम सिंहको पुस्तक आफूले लोकार्पण गरेको स्मरण गर्नु हुदैं उहाँले लगातार ४ वटा पुस्तक सार्वजनिक गरेर सक्रिय लेखकका रूपमा स्थापित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो।

उक्त समारोहमा नेपाल सरकारका पूर्व सचिव शम्भु कोइराला,रसियाकालागि पूर्व नेपाली राजदूत भीम उदास, नियात्रा समाजका उपाध्यक्ष ईल्या भट्टराई, घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकाल, सरिन केसी लगायतका वक्ताले नियात्रा सङ्ग्रहबाट विभिन्न देशमा नपुगेका पाठकहरूलाई विविध जानकारी दिएर लाभान्वित बनाउने धारणा व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.