अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

गोली चलाउने दुई जना बाबु-छोरा

काठमाडौँ- सिड्नीको बोन्डी बिचमा हिजो भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेका एक जना १० बर्षीया बालिका पनि छन ।

यहूदी समुदायका धेरै सदस्यहरू साँझपख दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका बेला गोली चलेको थियो ।

सो प्रकरणमा बाबु र छोरा संलग्न भएको सिड्नी प्रहरीलाई उद्दत गर्दै बिबीसीले जनाएको छ।

गोली चलाउने बाबु-छोरा मध्ये ५० बर्षीय बाबुको मृत्यु भएको छ भने २४ बर्षीय छोराको उपचार भइरहेको र उनको पनि अवस्था गम्भीर रहेको बिबीसीले उल्लेख गरेको छ ।

घटनामा संलग्नता रहेको आशङ्कामा प्रहरीले केही अरु मानिसलाई पनि हिरासतमा लिएको छ ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले यो घटनालाई ‘राक्षसी आक्रमण’ को संज्ञा दिनुभएको छ ।

उता, अस्ट्रेलियाको यहुदी सङ्घका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताउनुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.