पाल्पामा तीन जना फरार प्रतिवादी पक्राउ

पाल्पा- घरमा लुकाइ छिपाइ राखेको अवैध भरुवा बन्दुक सहित पाल्पामा एक जना मानिस पक्राउ परेका छन् ।

जिल्लाको तानसेन नगरपालिका ९ डाँडाडुम बस्ने वर्ष ६९ का हुम बहादुर सोमैलाई एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको हो ।

निजकै घरको आँगनमा भरुवा बन्दुक सुकाई राखेको सुराकीको आधारमा निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट माडीफाँट पाल्पाबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले भरुवा बन्दुक सहित सोमैलाई

नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले दुई जना फरार कैदी बन्दीलाई समेत नियन्त्रणमा लिई कारागार चलान गरेको छ ।

ज्यान मार्ने कसुर मुद्धामा कैद भुक्तान हुन बाँकी रहेका तानसेन ७ का वर्ष ५५ का नवीन थापा र हतियार तथा खरखजाना कसुरमा मुद्दा चलेका जिल्लाको तिनाउ गाउँपालिका २ बस्ने वर्ष ४० का जीवन विक लाई समेत नियन्त्रणमा लिइएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.