निर्वाचन कार्यतालिका संशोधन उम्मेदवारको अन्तिम नामावली बेलुका ६:३० बजे
दिउँसो ३:३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने समय

काठमाडौँ — नेकपा एमालेले जारी ११औं महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
संशोधित कार्यतालिकाअनुसार उम्मेदवारको दरखास्त फाराम वितरण आज बिहान ९ देखि दिउँसो २ बजेसम्म महाधिवेशनस्थलमै गरिएको छ । यस्तो दिउँसो ३:३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने समय तोकिएको छ ।
दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४:३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नाम फिर्ताका लागि साँझ ५ देखि ६ बजेसम्म समय दिएको छ भने ६ :३० मा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्