अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे, मतदानको समय पनि सारियो

काठमाडौँ-नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि ३ बजेसम्म मनोनयन दर्ताका लागि फाराम बुझाउने समय तोकिएकामा सो समय बढाएर ५ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ।

यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली बेलुका ६ बजे प्रकाशन गरिनेछ भने अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे हुनेछ। त्यसपछि मंगलबार बिहान १२ देखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी कार्यतालिका संशेधन गरिएको केन्द्रीय निर्वाचनले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.