नेपाली कांग्रेसमा महाधिवेशनको तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ ।

मुख्यसचिव पौडेलका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक सय ६५ वटै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम पुगिसकेको छ । उहाँका अनुसार युवा न्युनतम ३० प्रतिशत, महिला ५० प्रतिशत, दलित १४ प्रतिशत हुने गरी क्रियाशील सदस्यता वितरणको मापदण्ड तोकिएको छ ।

कांग्रेसले यसपटक क्रियाशील सदस्यता दर्ता तथा वितरणका लागि प्रविधिको प्रयोग गरेको पनि जनाएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.