विश्व परम्परागत चिकित्सा शिखर सम्मेलन भोलिदेखि सुरुहुँदै

काठमाडौँ- दोस्रो विश्व स्वास्थ्य संगठनको विश्व परम्परागत चिकित्सा शिखर सम्मेलन भारतले आयोजना गर्ने भएको छ ।
भोलिदेखि अर्थात १७ देखि सुरु भएर १९ डिसेम्बर सम्म नयाँ दिल्लीमा आयोजना हुने सम्मेलनमा परम्परागत चिकित्सा प्रणालीहरूले मानव–केन्द्रित स्वास्थ्य सेवा र पर्यावरणीय कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छन् भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
WHO को विश्व परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को मार्गदर्शनमा हुने यो शिखर सम्मेलनमा १०० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
नेपालमा र नेपालले आयुर्वेद क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्न तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत विभिन्न पहलहरू संयुक्त रुपमा अघि बढाउँदै आएका छन् ।
🇮🇳 will host the Second @WHO Global Summit on Traditional Medicine in New Delhi from 17 to 19 December 2025.
Guided by the WHO Global Traditional Medicine Strategy 2025–2034, the summit will focus on how traditional medicine systems can contribute meaningfully to… https://t.co/yLA2ZyCAss
— IndiaInNepal (@IndiaInNepal) December 16, 2025






प्रतिक्रिया राख्नुहोस्