मतदान सुरु हुन अझै केही समय लाग्‍ने

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुन अझ केही समय लाग्ने देखिएको छ ।

हाल विद्युतीय मतदान उपकरणका उम्मेदवारहरुको नामावली अपलोड गर्ने काम भइरहेको र अझैपनि उम्मेदवारको नामावली अपलोड गर्ने काम नसकिएकाले मतदान प्रकिया सुरु हुन ढिलाई भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आज विहान १२ बजेबाट मतदान सुरु हुने भनिए पनि आज दिउँसो ३ बजेमात्र उम्मेदवारको संशोधित र अन्तिम नामावली प्रकाशन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.