नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट मतदान सुरु हुँदै
अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहगतरुपमा प्रतिष्पर्धामा

काठमाडौँ- नेकपा एमालेमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।
एमालेको ११औँ महाधिवेशन अन्तर्गत अहिले विहान ८ बजेबाट मतदान हुने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
हिजै मतदान हुने कार्यक्रम तय भएपनि राति अबेरसम्म ई-भोटिङ मेशिनमा उमेद्वारको नाम इन्ट्री गर्न समय लागेकोले मतदान आज विहानको लागि सारिएको हो ।
काठमाडौँको भृकुटीमण्डप मतदान स्थल राखिएको छ। एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर निर्वाचनको प्रतिश्पर्धामा छन ।।






प्रतिक्रिया राख्नुहोस्