नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्तालाई चेम्बर निवर्तमान अध्यक्ष मल्लको आग्रह 

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनिया“ उद्यमी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्री एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताउनुभयो ।

प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल  लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाई छ । उहाँले भन्नुुभयो, ‘चिनिया“ लगानीबाट नेपालमा हुने उत्पादनले भारत र चिनिया“ बजारमा सहज पहुच विस्तार गर्न सकिन्छ,।’

नेपालमा वैदेशिक लगानीको सुरक्षाप्रति वर्तमान सरकारको स्पष्ट प्रतिविद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको निवर्तमान अध्यक्ष मल्लले बताउनुभयो ।

जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उहाँ“ले उल्लेख गर्नुभयो ।

यी क्षेत्रमा चिनिया“ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठुलो पूजी र विकास अनुभव मार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ ।

चिनिया“ उद्यमी व्यवसायीसँग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुनिश्चितता गराइने बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो,‘नेपालमा लगानीको सही समय यही हो, अवसरहरू विस्तार हुँदै गएका छन् र चीनसंगको साझेदारी झन् बलियो बन्दै गएको छ, । ’

नेपाल–चीन सहकार्यले दुवै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताउनुभयो ।

नेपाल चीनबिच सातौँ शताब्दी देखि नै ऐतिहासिक सम्बन्ध कायम रहेको भन्दै उहाँ“ले नेपालकी भृकुटीको तिब्बतका राजासँग विवाह भएको प्रसङ्गको स्मरण गर्नुभयो ।

नेपालका लागि चिनिया“ राजदूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनिया“ लगानी विस्तार भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.