सुस्त गतिमा अघि बढदै मतदान

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा दिउँसो ३ बजेसम्ममा जम्मा २६ प्रतिशत मात्र मत खसेको छ ।
आज बिहान ९ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। मतदान यहि सुस्त गति अघिबढे राति अबेरसम्म पनि मतदान जारी रहन सक्ने देखिएको छ ।
निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दा सम्म ६ सय जनाले मतदान गरेका छन् । मतदान जारी रहेको निर्वाचन आयोगले जनाकारी दिएको छ ।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उमेदवार प्रतिस्पर्धामा रहनु भएको छ। दुई हजार २६३ मतदाता रहनु भएको छ।
एमालेमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भावि नेतृत्वका लागि छुट्टा छुट्टै प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्