प्रतिनिधिसभाको निर्वाचनकालागि १६८ वटा मतदानस्थल थपिए

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनकालागि मुलुकभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । मतदाताकालागि सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउने उद्देश्यले पहिले अनुमान गरिएभन्दा १६८ वटा मतदान स्थल थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघी दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको आयोगले जनाएको छ ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ ।






प्रतिक्रिया राख्नुहोस्