चिसोले तराईको जनजीवन प्रभावित

काठमाडौँ- पुस लागेसंगै तराईमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । ह्वात्तै बढेको चिसोले विशेष गरी तराईको गरिब बस्ती बढी प्रभावित भएका छन् ।

तराईका महोतरी लगायत अधिकांश जिल्लामा बिहानदेखि नै बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्दा सर्वसाधारण प्रभावित भएका हुन । अहिले मुसहर, डोम, हलखोर, मेस्तरसहितका अति पिछडिएका गरिब जाति समुदायका बस्तीमा न्यानोका लगि ‘घुर’ मात्र सहारा बनेको छ ।

आगो ताप्न दाउरा पनि नपाउने भएकाले जाडो काट्न् समस्या भएको स्थानीयको भनाइ छ । बिहानीपख लाग्ने हुस्सुले सडक यातायात र हवाई यातायात सेवा समेत प्रभावित हुन थालेका छन् । मध्याह्नसम्म हुस्सु राम्ररी फाट्न नसक्दा विमान अवतरणमा समस्या हुने भएर बिहानको हवाइ सेवा रोकिने गरेको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै, सार्वजनिक सडक यातायातका साधनलाई पनि हुस्सु छिचोल्न नसक्दा ठाउँठाउँमा रोकिनु पर्ने बाध्यता रहेको छ । चिसो निकै बढेपछि खेतीपाती र व्यापार पनि ठप्प जस्तै छ । दैनिक मजदुरी गरेर छाँक टार्न पनि समस्या भएको प्रभावितहरुले गुनासो गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.