मनाइयो ७०औँ बार स्थापना दिवस

काठमाडौँ, ७ पुस: नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु, बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरुले संस्थापकहरुको तस्बिरमा मार्लापण गर्नुभएको थियो ।
अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, कानुनको शासनको कायम हुनुपर्नेमा जोड दिनुभयो । कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशिल रहेको उहाँको भनाइ थियो । विसं २०१३ पुस ७ गते नेपाल बारको स्थापना भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्