काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
काँग्रेस सभापतिलाई भेटन एमाले अध्यक्ष ओली आज महाराजगञ्जस्थित देउवा निवासमा पुग्नु भएको हो ।
ओलीसँग पार्टी महसचिव शंखर पोखरेल पनि जानु भएको थियो । संसद पुन:स्थापनाको मुद्दामा कांग्रेस-एमाले सांसदहरुले पुरक निवेदन दर्ता गर्ने बताइरहँदा काँग्रेस सभापति र एमाले अध्यक्षबीच भेटवार्ता भएको हो ।
भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्