भारतीय सहयोगमा गुल्मीको धुर्कोटमा विद्यालय भवनको शिलान्यास

गुल्मी–  लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा भारतीय सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

गुल्मीको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने नयाँ भवनको आज काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर श्रीमती गीतांजलि ब्रैंडन र धुर्कोट गाउँपालिकाका अध्यक्ष श्री भुपाल पोखरेलले संयुक्त रूपमा शिलन्यास गर्नु गर्नुभएको हो।

३ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको यस विद्यालय भवन दुई तल्ले हुनेछ। नयाँ पूर्वाधारमा कक्षा कोठा, फर्निचर तथा अन्य आवश्यक सहयोगी संरचनाहरू समावेश गरिनेछ। परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ र यसको कार्यान्वयन धुर्कोट गाउँपालिकामार्फत गरिनेछ।

शिलान्यास समारोहमा धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारले शिक्षा तथा पूर्वाधार विकासमा प्रदान गर्दै आएको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभयो।

नजिकको छिमेकी र विकास साझेदार राष्ट्रका रूपमा नेपाल–भारतबीच विभिन्न क्षेत्रमा व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले विकास र समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.