प्रचण्ड र नेपालद्वारा खनाल पत्‍नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

गतसाता भारतबाट उपचार सकेर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुग्नुभएको थियो।

उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.