तराईका जिल्लामा चिसोले जनजीवन कष्टकर बन्दै

 सिरहा- अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण सिरहालगायतका तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ ।

बढ्दो चिसोपनले विशेषगरी विपन्न तथा दलित समुदायका स्थानीय बढी प्रभावित भएका छन् ।

यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाले शितलहरबाट प्रभावित स्थानीयलाई राहतस्वरूप दाउरा वितरण गरेको छ ।

आज सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० स्थित बुद्धचोक विचला टोल र धोविया धार क्षेत्रमा बसोवास गर्दै आएका दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरिएको हो ।

गोलबजार-१० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले विपद्‌को समयमा नेपाली सेनाले उदाहरणीय काम गरेको बताउनुभयो ।

शितलहर अझै केही दिन रहने भएकाले स्थानीय तह र सरोकारवाला निकायलाई थप सतर्कता र राहतका कार्यक्रम अघि बढाउनुपर्ने स्थानीयको सुझाव छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.