नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक हिजोदेखि सुरु भएको हो ।

हिजोको बैठकमा पार्टीको आसन्न महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको उम्मेद्वार र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीमा रहने उम्मेद्वारको नामका विषयमा प्रारम्भिक छलफल भएको थियो ।

काँग्रेसले आज पनि तिनै बिषयमा छलफल गर्ने जनाएको छ ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता नविकरणको समेत काम नसकेको काँग्रेसका लागि यतिखेर अधिवेशनको समयसीमा बढी पेचिलो बनेको  छ।

महामन्त्री गगन थापाले त जिल्ला अधिवेशन नगरिकन गाउँ र क्षेत्रीय अधिवेशनबा सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्य तालिका संशोधन गर्न सुझाव समेत हिजोको बैठकमा दिनुभएको थियो ।

तर काँग्रेसमा कार्यतालिका संशोधन भन्दा पनि महाधिवेशन नै पछि सार्नुपर्ने भनाइ पनि उत्तिकै चर्को रुपमा उठेको कतिपय नेताहरुको भनाइ छ ।

तर प्रतिनिधि सभा निर्वाचन भन्दा पहिले नै कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने अडान महामन्त्री थापा र विश्वप्रकाश शर्मा पक्षको छ । संस्थापन पक्ष भने महाधिवेशनको भन्दा निर्वाचनको विषयमा बढी केन्द्रीत हुनुपर्ने बताउँदै आएको छ ।

नेपाली काँग्रेसको महाधिवेशन यही पुष २६ गतेदेखि काठमाडौँमा हुने मिति यसअघि नै तय भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.