पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन सोमबार जाने

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफू जेनजी आन्दोलन एवम् भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगमा बयान दिन जाने बताउनु भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आगामी सोमबार जाँचबुझ आयोगमा बयानका लागि जाने स्पष्ट पार्नु भएको हो ।
‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । बयानका लागि मैले आयोगमा जाने निर्णय गरेको छु । आयोगले शुक्रबारका लागि बोलाएको हो । म सोमबार जान्छु’ लेखकले संचारकर्मीसँग भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्