संघर्षपूर्ण जीवन विताउँदै मिर्चैयाका असहाय बृद्ध दम्पती

सिरहा- मिर्चैया नगरपालिका–६ का प्रमेश्वर साह र बिन्दा देवी साह जीवनका कठोर परिस्थितिसँग जुझ्दै आएका एक असहाय वृद्ध दम्पती हुन्।
उनीहरूको सन्तान पनि छैनन । असहाय भएका कारण यी दम्पतीले दैनिक जीवनयापनमा अनेक कठिनाइको सामना गर्नुपरेको छ । स्थानीयका अनुसार, उनीहरू युवावस्थामा मजदुरी गरेर जीवन चलाउँथे, तर वृद्धावस्थामा स्वास्थ्य समस्या र हातखुट्टाको कमजोरीका कारण समस्यमा छन।
पक्की घरको व्यवस्था छैन । बर्षामा पानी चुहिएको घरमा वस्नुपर्ने वाध्यता छ । चीसोमा तातो कपडाको अभाव छ ।
शौचालय खुला र असुरक्षित छ। घरमा अन्नपानीको अभाव, साधारण दैनिक सुविधा नहुँदा उनीहरूको जीवन अझ कठिन बन्दै गएको स्थानीयहरू बताउँछन।
स्थानीय देवशरन ठाकुर र अमिरिका सदा भन्छन्, “हामीले पालैपालो खाना र अन्य सहयोग गरिरहेका छौँ।”
वृद्ध भत्ताले गुजारा चलाइरहेका यी दम्पतीको जीवन दिनप्रतिदिन कठिन बन्दै गएको छ।
सरकारी निकाय, समाजसेवी संस्था र स्थानीय समुदायले यस्ता असहायको जीवनस्तर सुधार्न तत्काल कदम चाल्नुपर्ने स्थानीयको सुझाव छ ।
आज जेष्ठ नागरिक दिवस मनाइरहँदा यस्ता असाहय बृद्धबृद्धाको अवस्थाले हाम्रो सामाजिक सुरक्षा र बुढाबुढीहरुमाथि राज्यको दायित्वको बारेमा भने प्रश्नहरु उठेका छन ।।






प्रतिक्रिया राख्नुहोस्