पुन: विशेष कि नियमित अधिवेशनको बहसमै फर्कियो काँग्रेस

काठमाडौँ- नेपाली कांग्रेस पुन नियमति अधिवेशन कि विशेष अधिवेशन भन्ने बहसमै फर्किएको छ । बिशेष महाधिवेशनका अह्वान गर्दै केही माअधिवेशन प्रतिनिधिहरुले यस अघि बुझाएको हस्ताक्षर विषयमा पार्टी केन्द्रीय कार्यालयलाई पुन स्मरण पत्र बुझाएका छन् ।
पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई संबोधन गरी बुझाइएको स्मरण पत्रमा बिशेष महाधिवेशनको प्रस्ताव दर्ता गरिएको पुन:स्मरण गराइएको हो ।
पार्टीको नियमित महाधिवेशन गर्न मिति तोकिएको भएपनि उक्त मितिमा महाधिवेशन नहुने अवस्थ देखिएपछि स्मरण पत्र बुझाइएको हो । स्मरण पत्रमा पार्टी बिशेष महाधिवेशन पुस २९ गतेदेखि शुरु गर्न प्रस्ताव गरिएको नेता देवराज चालिसेले जानकारी दिनुभयो ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन तोकिएको समयमा हुनै पर्ने र त्यो हुन नसके विधान अनुसार स्वत: बिशेष महाधिवेशनमा जानुपर्ने अवस्था आउने बताउनुभयो । स्मरण पत्रका वारेमा पार्टी केन्द्रीय समितिमा छलफल हुने बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्