एमाले केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्ने

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बिहान ११ बजेको लागि बोलाइएको बैठक कारणबस दिउँसो २ बजेको लागि सरेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेको आजको बैठकमा प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक उम्मेद्वारहरुको सूचीका बारेमा छलफल हुने जनाइएको छ।
निर्वाचन आयोगले आज र भोलिसम्ममा दलहरुलाई समानुपातिकतर्फको सूची पेश गर्न आग्रह गरेको छ।।






प्रतिक्रिया राख्नुहोस्