राप्रपा कार्य सम्पादन समितिको बैठक भोलि

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न भोलि पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि यो पहिलो कार्य सम्पादन समितिको बैठक हो ।।






प्रतिक्रिया राख्नुहोस्