समानुपातिकतर्फको उम्मेद्वारको बन्द सूची तय गर्न काँग्रेस बैठक सानेपामा

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा  काँग्रेसका तर्फबाट समानुपातिक उम्मेद्वारको बन्द सूची तय गर्न आजको बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ।

आजको बैठकमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको नामावली र बन्द सूचीको विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

निर्वाचन आयोगले आज र भोलिसम्ममा पार्टीहरुलाई समानुपातिकतर्फका उम्मेद्वारको बन्द सूची पेश गर्न समयसीमा निर्धारण गरेको र समयसीमा भित्र सूची पेश गर्न आग्रह समेत गरेको छ।

पार्टीको आसन्न महाधिवेशनको विषयमा नै आफ्नो छलफललाई केन्द्रीत गरिरहेको काँग्रेसले कसरी बन्द सूची भोलिसम्ममा पेश गर्ला त भन्ने जिज्ञासामा मुख्य सचिव पौडेलले  निर्वाचन आयोगको कार्यतालिका अनुसार काँग्रेसले सबै काम गर्ने जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.