बालबालिकाहरुका लागि ज्वालामुखी गाउँपालिकाको नयाँ कार्यक्रम

धादिङ- ज्वालामुखी गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र रहेका बालबालिकाहरुको लागि खानेपानी स्वास्थ्य तथा सरसफाई र पोषण सम्वन्धी नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।

नवजात शिशु ,र पाँच वर्ष मुनीका बालवालिकाहरुको मृत्यु दर र मातृ मृत्युदर शुन्य बनाउने उदेश्यका साथ कार्यक्रको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।

यसका लागि मातृ शिशु तथा किशोरी स्वास्थ्य प्रवर्द्धन, पोषण तथा खाद्य सुरक्षा र खानेपानी, सरसफाई तथा स्वच्छताको प्रवद्धन गर्ने पहिलो र प्रमुख लक्ष्य रहेको अध्यक्ष दनैले बताउनुभयो।

नयाँ कार्यक्रममा म्याक्स फउण्डेशन बंगलादेशको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय  ज्वालामुखी गाउँपालिका र जिल्लामा कार्यकरत फोकश नेपाल नामक एक गैर सरकारी संस्थाले संयुक्त रुपमा काम गरिरहेका छन।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.