युद्ध अन्त्यका लागि ट्रम्प-जेलेन्स्की वार्ता सहमतिनजिक

एजेन्सी- रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच भेटवार्ता भएको छ।
यी दुई नेताबीच फ्लोरिडाको पाम बीचस्थित राष्ट्रपति ट्रम्पको निजी क्लब मार–ए–लागोमा भेट भएको हो जहाँ राष्ट्रपति ट्रम्प हाल छुट्टी मनाइरहनुभएको छ ।
वार्तापछि राष्ट्रपति ट्रम्प र जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण सहमति बने पनि युक्रनी सिमाको विषय अझै पेचिलो बनेको प्रतिक्रिया दिनुभयो ।
राष्ट्रपति ट्रम्पले अब १/२ वटा पेचिलो विषय बाहेक धेरै विषयमा सहमति भएको उल्लेख गर्नुभयो ।
उहाँहरुबीच २० बुँदे शान्ति सम्झौताको प्रस्तावमा छलफल भएको र करिव ९० प्रतिशत विषय सल्टिएको बिबीसीले उल्लेख गरेको छ।
पूर्वी युक्रेनको डोनबास क्षेत्रको भविष्यलाई लिएर मस्को र किएभबीच गहिरो मतभेद रहँदै आएको छ । भेटघाटअघिका दिनमा रुसले किएभमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको थियो, जसलाई राष्ट्रपति जेलेन्स्कीमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा हेरिएको छ ।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत ‘युक्रेन यो युद्ध रोक्नका लागि जे पनि गर्न तयार छ, तर वार्ताको टेबलमा बलियो हुनुपर्छ’ भन्नुभएको छ । उहाँले युक्रेन शान्ति चाहन्छ तर रुसले युद्ध जारी राख्ने सङ्केत गरिरहेको आरोप लगाउनुभयो । युरोप र अमेरिका युक्रेनको पक्षमा उभिए संयुक्त रूपमा युद्ध रोक्न सकिने उहाँको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्