धुन्चेमा एक सय आठ कलात्मक धारा र गोसाईद्वार निर्माण गरिँदै

रसुवा- रसुवाको गोसाँईकुण्ड गाँउपालिका-६ स्थित मिनी गोसाँईकुण्ड क्षेत्रमा १०८ धारा निमार्ण गरिने भएको छ ।

तामाङ समुदाय रहेको धुन्चेमा धुन्चे युबा समाजको आयोजना तथा स्थानीयहरुको जन सहभागितामा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ ।

धारामा गोसाँईकुण्डबाट आएको त्रिशुली नदीकै पानीमा स्नान गर्ने व्यवस्था गरिने धुन्चे युबा समाजका सदस्य सन्तोष घलेले बताउनुभयो ।

करिव एकाउन्न लाख रुपैँयाको लागतमा  १०८ वटा धारा निमार्ण कार्य सुरु गरिएको छ ।

तर हालसम्म सरकारी सहयोग छैन । यसका लागि स्थानीयकै आर्थिक सहयोगमा काम सुरुवात गरिएको घलेले बताउनुभयो ।

निमार्ण समपन्न नभएसम्म हरेक शनिबार स्थानीयहरुले श्रमदान गर्नुपर्नेछ ।

पबित्र तिर्थस्थल गोसाँकुण्ड पनि यहाँबाट जाने भएकाले यसको महत्व अझ बढि हुने विश्वास स्थानीयको छ ।

यसलाई नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.