पूर्व गृहमन्त्री लेखक बयान दिन आयोगमा उपस्थित

काठमाडौँ- पूर्वगृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा घटेको घटनाका बारेमा बयान दिन आयोगमा जानुभएको छ।

गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालय सिंहदरबारमा उहाँ उपस्थित हुनुभएको हो ।

आयोगले केही दिन अघि मात्र पूर्व मन्त्री लेखकलाई पत्राचार गरेर बयानका लागि बोलाएको थियो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनताका लेखक गृहमन्त्री हुनुहुन्थ्यो । भदौ २३ गतेको जेनजी प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीको मृत्यु भएपछि उहाँले राजिनामा दिनुभएको थियो ।

भदौ २४ गतेको आगजनी र तोडफोड हुँदा उहाँले राजिनामा दिइसक्नुभएको थियो ।

यसैगरी, आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अहिलेसम्म बोलाएको छैन ।

पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफू वयान दिन नजाने अभिव्यक्ति दिँदै आउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.