समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने क्रम जारी

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने क्रम अहिले पनि जारी छ ।
निर्वाचन आयोगले तोकेअनुसार आयोगमा दर्ता भएका दलहरुले आज अन्तिम दिन आ-आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सुरु गरेका थिए । अहिलेसम्म शीर्ष दलसहित ५२ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम दिन आज कार्यालय समयभित्र बन्दसूची बुझाउने प्रयोजनका लागि पुगेका दलहरुको सूचि बुझ्ने आयोगले जनाएको छ । कांग्रेस, एमाले, नेकपा, रास्वपा , श्रक संस्कृति र उज्यालो नेपाल लगाएत नया पुराना दलहरुले आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।
समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ । माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगको कार्यतालिका रहेको छ । यसैबीच निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै युवाहरुको एक समूहले निर्वाचन आयोग परिसरभित्रै प्रदर्शन गरेका छन् ।
जेनजी आन्दोलनको माग निर्वाचन नभएको भन्दै उनीहरुले निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्