बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौँ- बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ ।

उहाँको ८० बर्षको उमेरमा आज ढाकास्थित अस्पतालमा निधन भएको हो । खालिदा जिया बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बन्नुभएको थियो ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की नेतृ खालिदा लामो समयदेखि विरामी हुनुहुन्थ्यो ।

खालिदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । आफ्ना पति जियाउर रहमानको हत्यापछि खालिदाले बीएनपीको नेतृत्व सम्हाल्नुभएको थियो ।

सन् १९८१ मा जियाउर रहमान बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला हत्या भएको थियो । खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बन्नुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.