बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री कार्कीले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का अध्यक्षसमेत रहनुभएकी जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

निधनप्रति दुःख व्यक्त गर्दै उहाँले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु’, प्रधानमन्त्री कार्कीले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाल सरकार र जनताको तर्फबाट, म उहाँका परिवार, साथीभाइ र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.