समानुपातिकतर्फको सूचीमाथि आजदेखि छानबिन सुरु गर्दै आयोग

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारीको बन्दसूचीमाथिको छानबिन आजदेखि सुरु गरेको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ दलले पेस गरेको समानुपातिक प्रणालीतर्फको बन्द सूचीको छानबिन शुरु भएको हो ।

६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फको निर्वाचनको लागि ५८ वटा निर्वाचन चिन्हमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्धारण गरेको समयसिमा भित्र ६४ राजनीतिक दलले १ सय १० सदस्य चयनका लागि ३ हजार ४ सय २४ जनाको बन्द सूचि पेस गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार बन्दसूचि पेस गर्ने ५४ राजनीतिकदलले आ-आफ्नै निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने छन् भने १० राजनीतिक दलले ४ वटा निर्वाचन चिन्हमा प्रतिश्पर्धा गर्ने भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.