राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै काँग्रेस र उसका भ्रातृ संगठन

काठमाडौँ- नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछन ।

आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरूले मेलमिलाप दिवस मनाउने गर्छन ।

२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्कनुभएको थियो ।

राजतन्त्रकालमा प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस हाल आएर औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.