सुनसरीको लौकहीमा गोली लागेर एक जनाको मृत्यु

इनरुवा – कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणका क्रममा भएको झडपमा गोली चलाउनु परेको हो । प्रहरीका अनुसार तस्करी रोक्ने प्रयास भइरहँदा स्थिति तनावग्रस्त बनेपछि जवाफी फायर गर्नुपरेको र सोही क्रममा साहको घटनास्थलमै मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बलले घटनालाई क्रस फायरिङको अवस्था भन्दै आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ। तर, घटनाप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
घटनास्थल तनावग्रस्त बनेपछि प्रशासनले वार्तामार्फत स्थिति साम्य पार्ने प्रयास गरिरहेको छ । यता, प्रहरीले घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्