काँग्रेसको नियमित महाधिवेशन स्थगित, विशेष महाधिवेशन वैधानिक दायित्व

काठमाडौँ- नेपाली काँग्रेसको महाधिवेशन स्थगित भएको छ। काँग्रेसले यही पुष २६ गतेदेखि गर्ने भनेको महाधिवेशन क्रियाशील सदस्यता नविकरणको विषय अझै नटुंगिएकोले स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।
आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ती निकाल्दै नियमित महाधिवेशन स्थगित भएको जानकारी दिनुभएको हो ।
केन्द्रीय महाधिवेशन अघि गर्नुपर्ने वडा, क्षेत्र तथा जिल्लाका अधिवेशनहरु गर्न नसकिएकोले केन्द्रीय महाधिवेशन स्थगित भएको विज्ञप्तीमा उल्लेख छ ।
महाधिवेशनको मिति तय भएपछि क्रियाशील सदस्यता नविकरण अन्तिम चरणमा आइपुग्दा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण भएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
महाधिवेशनका सबै कार्यतालिका स्थगित भएको अवस्थामा पनि क्रियाशील सदस्यता वितरणलाई निरन्तर जारी राख्न महामन्त्रीद्वयले पार्टी पङ्तिलाई निर्देशन दिनुभएको छ ।
उहाँले अब नियमिति महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवशन गर्ने बैधानिक दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।
काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका छन ।
तर महामन्त्रीद्वयले भने विशेष महाधिवेशन पनि संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाउने विज्ञप्तीमा उल्लेख गर्नुभएको छ।।







प्रतिक्रिया राख्नुहोस्