नेपाली काँग्रेसको १५औँ महाधिवेशन बैशाख २८-३१ सम्म काठमाडौँमा गर्ने निर्णय

काठमाडौँ- नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय भएको छ।

यसअघि यही पुष २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन विभिन्न कारणले गर्न नसकेपछि काँग्रेसले नयाँ मिति तोकेको हो । यो सँगै काँग्रेस केन्द्रीय कार्य समितिको म्याद पनि थपिएको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  जेठ मसान्तसम्म म्याद थपको निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसअघि दुई महिना थपेर माघ मसान्तसम्म बढाइएको थियो ।

आजको बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुभएको थियो ।

केन्द्रीय महाधिवेशन सरेपछि तल्लो तहका अधिवेशनहरु गर्ने मिति पनि नयाँ तय गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.