चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन (नवलपरासी)- अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् ।

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताउनुभयो । उहाँले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आउनुभएको छ ।

उहाँका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उहाँको भनाइ छ ।

प्रतापपुर गाउँपालिका-२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आउनुभएको छ । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.