अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारवाहीमा ३२ क्युबाली सुरक्षाकर्मीको मृत्यु

क्युबाले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ ।
क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए ।
क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको बमबारीमा ज्यान गुमाए । उहाँहरूले आफ्नो कर्तव्य सम्मानपूर्वक निर्वाह गरे ।”
घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । हाभानामा सार्वजनिक कार्यक्रम र सरकारी समारोहहरू स्थगित गरिएका छन ।
त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पक्षमा धेरै जनाको मृत्यु भएको र आफ्नो पक्षमा कसैको पनि मृत्यु नभएको दावी गर्नुभएको थियो ।
क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक र सैन्य सहयोगी रहेका छन् । क्युबाले भेनेजुएलामा सुरक्षा, सेना र प्रहरी अधिकारी पठाउँदै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्