पूर्वी इन्डोनेसियामा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी – पूर्वी इन्डोनेसियाको उत्तर सुलावेसी प्रान्तको आवासीय क्षेत्रमा सोमबार आएको आकस्मिक बाढीका कारण छ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार भारी वर्षा पछि स्थानीय समय अनुसार करिब २ः३० बजे राती सितारो आइल्यान्ड रिजेन्सीको पूर्वी सियाउमा बाढी आएको हो ।

सितारो टापु रिजेन्सी प्रशासनले एक शिशु सहित चार जना बासिन्दा बेपत्ता रहेको र अन्य चार जना घाइते भएको बताएको उल्लेख गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने प्रारम्भिक तथ्याङ्कले ३५ परिवारका १०८ जना विस्थापित भएको देखाएको छ ।

प्रकोपले पाँचवटा घरहरू बगाउनु का साथै पूर्वी सियाउ र दक्षिण पूर्वी सियाउका जिल्लाहरू बिचको सडक पहुँच काटिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.