वीरगञ्जमा कर्फ्युको समय साँझ ६ बजेसम्म थप

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा तेस्रो पटक कर्फ्यु समय थपेकाे छ ।
शान्ति सद्भाव कायमकाे प्रयासमा जुटेकाे प्रशासनले साँझ ६ बजेसम्मका लागि कर्फ्यु समय थप गरेकाे हाे ।
साेमबार दिउँसो १ बजेदेखि सााँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेकाे प्रशासनले साँझ ६ बजेबाट आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश गरेकाे थियाे ।
आज बिहान ८ बजेबाट जारी सराेकारवालाहरु बिचकाे सर्वपक्षीय छलफलका समयमा कुनै जाेखिमकाे अवस्था उत्पन्न नहाेस् भन्ने उद्धेश्यले पुनः दिउँसाे १ बजेसम्म कर्फ्यु बढाएकाे थियाे ।
तर बैठक अझै जारी रहेकाे र निष्कर्षमा नपुगेकाे कारण तेस्रो पटक कर्फ्यु समय थप गरेर साँझ ६ बजेसम्म लम्ब्याइएको हाे ।
वीरगञ्जमा जारी कर्फ्युका कारण शहरको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ ।
मुख्य सडक, चोक र बजार क्षेत्र सुनसान देखिएका छन् भने सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।
अनावश्यक आवतजावत रोक्न कडाइका साथ निगरानी गरिएको छ र स्थानीयवासीहरू घरभित्रै सीमित छन्। कर्फ्युका कारण दैनिक कामकाज, व्यापार-व्यवसाय तथा यातायात सेवा ठप्पजस्तै बनेको छ। अवस्था सामान्य बनाउन प्रशासनले शान्ति र संयमता अपनाउन सबैमा आग्रह गरेको छ ।
धनुषाकाे घटनाकाे दाेषिमाथि कारवाहिकाे माग गर्दै आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यस पश्चात् वैदेशिक राेजगारीमा रहेका एक मुस्लिम युवाले सद्वभाव खल्बल्याउने भिडियो सामाजिक सञ्जालमा राखेकाे भन्दै कारवाहीकाे माग गर्दै हिन्दु समुदायले आइतबार साँझ प्रदर्शन गरेका थिए ।
यसै विषयसँग जाेडिएर दुवैपक्षका समर्थकहरु ठाउँ ठाउँमा जम्मा हुने र सामाजिक हिंसा बढाउने अवस्था देखिएका कारण समाधानकाे प्रयासमा खलल नपुगाेस् भनेर कर्फ्यु अवधि बढाएकाे जिल्ला प्रशासनले जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्