काठमाडौँको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
काठमाडौँ- काठमाडौँ महानगरपालिका-३२ स्थित गैरीगाउँको एउटा एक काठ गोदाममा आगो लागेको छ ।
गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको तर अझै नियन्त्रणमा आएको छैन ।
सो क्षेत्रमा अहिले आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ ।
आगो नियन्त्रणमा लिन अहिले दमकलहरु प्रयोग गरिएका छन ।।






प्रतिक्रिया राख्नुहोस्