राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई

काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले अन्य दलसँग छलफल गरी उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने सहमति भसकेको भन्दै भट्टले चुनावी तालमेल गर्दा पार्टीले ७ सिट दाबी गरेको उल्लेख गर्नुभयो ।

हरेक प्रदेशमा एकजना पर्ने गरी ७ जनाको नाम पार्टी अध्यक्षले टुङ्गो लगाउने उहाँको भनाइ थियो।

उपमहासचिव भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभा निर्वाचनको विषयमा भने अहिलेसम्म कुनै छलफल नभएको प्रष्ट पार्नुभयो ।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको  छ ।

त्यसैगरी, बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.