राष्ट्रिय सभा निर्वाचनमा अरु दलसँग तालमेल गर्ने काँग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले नेकपा एमालेलगायतका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
त्यसो त नेकपा एमाले सचिवालय बैठकले पनि नेपाली काँग्रेससँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुस २३ गते बुधबार बिहान ९ः०० बजे पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्