विशेष महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन

काठमाडौँ- नेपाली काँग्रेस विशेष महाधिवेशन आयोजक पक्षले आज पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।
विभिन्न उपसमितिहरुमार्फत विशेष महाधिवेशन सफल बनाउने निर्णय भएको सो पक्षका केही नेताहरुले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्षका केही नेता तथा कार्यकर्ताहरुले १८ वटा विशेष महाधिवेशन व्यवस्थापन उपसमिति गठन गरिएको जानकारी दिए ।
उत नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले काँग्रेसको १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको छ ।
पुष २६ गते गर्ने तय भएको नियमित महाधिवेशन क्रियाशील सदस्यता नविकरणको कारण देखाउँदै बैशाखमा सारेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन काँग्रेसको बैधानिक वाध्यता भएको भन्दै तयारी अघि बढाएका हुन ।
आज महामन्त्री थापाले काँग्रेस निकट वुद्धिजिवीहरुसँग विशेष महाधिवेशनको बारेमा छुट्टै छलफल पनि गर्नुभएको छ ।
यसअघि नै काँग्रेसका करिव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
काँग्रेसका विशेष महाधिवेशनको विषय यतिखेर निकै पेचिलो बनेको छ । विशेष महाधिवेशनले कतै पार्टी नै विभाजन हुने त होइन भन्ने चिन्ता नेता तथा कार्यकर्ताहरुमा देखिएको छ भने विशेष महाधिवेशन पक्षधरहरु भने यसले पार्टीलाई थप मजबूद बनाउने दावी गर्दै आएका छन ।।






प्रतिक्रिया राख्नुहोस्