मधेश प्रदेशमा ४ सिटका लागि ११ जनाको उम्मेदवारी दर्ता
लोसपा अध्यक्ष ठाकुरको पनि मनोनयन दर्ता

मधेश प्रदेश- राष्ट्रियसभा निर्वाचनकालागि मधेस प्रदेशबाट ११ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
मधेश प्रदेशमा ४ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
यसका लागि कांग्रेस-एमाले-लोसपा गठबन्धन, माओवादी केन्द्र, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।
कांग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएका छन ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्य समूहबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै मधेशमा जसपा नेपालबाट राष्ट्रियसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपा नेपालबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी दिएका हुन।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका छन ।।





प्रतिक्रिया राख्नुहोस्