काठमाडौँको साँखु नजिकै बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका-३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ । अन्यको सनाखत हुन बाँकी रहेको छ ।
आज साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका-३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा करिब ४० जना घाइते भएको प्रहरीको भनाइ छ ।
नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कँदा बस दुर्घटनामा परेको थियो ।
बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको र घाइतेहरुलाई विभिन्न ८ वटा अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।





प्रतिक्रिया राख्नुहोस्