आजै केन्द्रीय कार्य सम्पादन समितिको बैठक आव्हान

काठमाडौँ- नेपाली काँग्रेसले आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्य सम्पादन समितिको बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

काँग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आव्हान गरेपछि आन्तरिक विवाद चर्किएको छ ।

पार्टीले नियमित महाधिवेशन आगामी बैशाख २८ गतेदेखे गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको  छ। तर महामन्त्रीद्वय थापा र शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

विशेष महाधिवेशनलाई महामन्त्री पक्षधर नेताहरुले वैधानिक वाध्यता भन्दै आएका छन भने संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यक्रम सुरु भइसकेकोले विशेष महाधिवेशनको औचित्य नरहने भन्दै विरोध गरेका छन ।

काँग्रेसले १५औँ महाधिवेशन यही पुष २६ गतेबाट गर्ने गरी कार्यतालिका सार्वजनिक गरेपनि क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर महाधिवेशन सारिएको थियो ।

तर पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिलाई बुझाएपछि यो विषय झन पेचिलो बन्दै गएको हो ।

विशेष महाधिवेशन पक्षधरहरुले यही पुष २७ गतेदेखि काठमाडौँको भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.